कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

जनता संवाददाता
२०८१ माघ १८ गते, शुक्रबार

बाँके । कोहलपुर नगरपालिका-३, बरदहवामा गत मध्यराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार कोहलपुर-१५ चौधरीया निवासी २० वर्षीय अनुप कुमार थारु (जय प्रकाश) सवार भे.१२ प.४२६८ नम्बरको मोटरसाइकल निर्माणाधीन कल्भर्टमा ठोक्किँदा घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक १८ वर्षीय इसम चौधरी र १८ वर्षीय जीवन चौधरी गम्भीर घाइते भएका छन्। चालक इसम चौधरीको टाउको, चिउडो, छाती र अनुहारमा चोट लागेको छ भने जीवन चौधरीको छाती, टाउको र दुबै हातमा गम्भीर चोट लागेको छ। दुवै घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल, कोहलपुरमा भर्ना गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ १८ गते, शुक्रबार


Scroll to Top

Janata Media