तपेन्द्र ऐडी, मुगु । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । मुगु जिल्लामा रहेका ४ वटा स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कनमा मुगुम् कार्मारोङ्ग गाउँपालिका प्रथम भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत २५ गते देशभरका प्रदेश सरकार र स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरेको नतिजा अनुसार मुगु जिल्लाका ४ वटा स्थानीय तहहरू मध्य ६६ दशमलव ११ अङ्क ल्याउँदै मुगुम कार्मारोङ्ग गाउँपालिका प्रथम,६१ दशमलव २० अङ्क ल्याउँदै सोरु गाउँपालिका दितिय र ४३ दशमलव २३ अङ्क ल्याउँदै छायानाथ रारा नगरपालिका तेर्सो भएको छ भने खत्याड गाउँपालिकाले ४२ दशमलव १४ अङ्क ल्याएको छ ।
आयोगले गत माघ ३० गते सार्वजनिक गरेको कार्य सम्पादन मूल्याङ्कनमा सोरु गाउँपालिका उत्कृष्ट कार्य सम्पादन गर्ने मुगु जिल्लाको स्थानीय तह ठहरिएको थियो तर आयोगले त्यो बेला नतिजामा चित्त नबुझे पुनरावलोकनका लागि आयोगमा निवेदन दिन प्रदेश सरकार र स्थानीय तहहरूलाई ७ दिने सूचना निकालेको थियो ।
कार्य सम्पादन मूल्याङ्कनका सबै सूचना आफ्नो गाउँपालिका पूरा गरेपनी अङ्क कम आएपछि हामीले पुनरावलोकनका लागि आवश्यक प्रमाण सहित वित्त आयोगमा निवेदन दिएका थियौ कहाँ के त्रुटीले त्यो बेला कम अङ्क आएको रहेछ अहिले पुन मूल्याङ्कन गर्दा मुगुका अन्य स्थानीय तह भन्दा हाम्रो अङ्क प्रथम रहेछ आयोगले प्रकाशित गरेको अन्तिम नतिजामा हामी मुगु जिल्लाका स्थानीय तहहरू मध्य उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तह भएका छौँ मुगम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकहरू तोकी सोही सूचक अनुसार स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्दै आएको छ । कार्य सम्पादन मूल्याङ्कनमा ल्याएको अङ्ककै आधारमा वित्त आयोगले प्रदेश सरकार तथा स्थानीय तहलाइ आगामी आथिक वर्ष २०८२/०८३ को अनुदान प्रदान गर्नेछ ।
आगोगको मूल्याङ्कन वैज्ञानिक छ मूल्याङ्कनको आधारमा अनुदान पनि दिने भएकाले स्थानीय तह तथा प्रदेश सरकारहरूले आफ्ना कार्य सम्पादनमा निखार तथा प्रभावकारिता ल्याउने जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले विश्वास व्यक्त गरे ।
लिजा र एफआरएमा पनि मुगुम् कार्मारोङ्ग नै अगाडि
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) २०८०/०८१ मा मुगु जिल्लाका स्थानीय तहहरू मध्य मुगम कार्मारोङ्गमा वित्तीय सुशासन देखिएको छ ।
५ वटा सूचकमा रहेर गरिएको मूल्याङ्कन अनुसार मुगम कार्मारोङ्ग गाउँपालिकाले ९१ दशमलव ५ अङ्क प्राप्त गरेर पहिलो, छायानाथ रारा नगरपालिकाले ९० दशमलव ५ अङ्क ल्याएर दोस्रो भएको छ भने सोरु गाउँपालिकाले ८३ अङ्क ल्याएर तेर्सो हुँदै गर्दा खत्याड गाउँ पालिकाले ८२ अङ्क ल्याएको छ ।
यसै गरी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)२०८०/०८१ मा पनि मुगु जिल्लाका चार स्थानीय तहहरू मध्य मुगम कार्मारोङ्ग गाउँपालिका नै पहिलो भएको छ । मुगम् कार्मारोङ्ग गाउँपालिकाले लिसा मूल्याङ्कनमा तोकिएका १० वटा विषय तथा क्षेत्रमा ८९ अङ्क ल्याउँदै प्रथम हुन सफल भएको हो ।
खत्याड गाउँपालिकाले ८५ दशमलव ५ अङ्क ल्याएर दोस्रो हुँदै गर्दा ८४ दशमलव २५ अङ्क ल्याएर छायानाथ रारा नगरपालिका तेर्सो भएको छ भने सोरु गाउँपालिकाले ८१ दशमलव २५ अङ्क ल्याएको थियो ।







