बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नं २ काँडाकोटमा यात्रु बाहक जिप दुर्घटना भएको छ । आज विहान पिलुचौरबाट काँडाकोटमा रहेको टेलिकमको टावरमा ब्याट्री जोड्न भनी गएका टेलिकम बाजुराका प्रमुख लोक बहादुर खड्का चडेको गाडी दुर्घटना भएको छ ।
दुर्घटनाबाट तीन जनाको घटना स्थलमा मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् । प्रहरी घटना स्थलमा गईरहेको छ । थप विवरण आउन बाँकी छ ।







