काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । राजावादी समूहले शनिबार दरबारमार्गमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले असार २४ गतेसम्मका लागि उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा दरबारमार्ग, केशरमहल र जय नेपाल हल आसपासको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्तिहरू भेला हुन, नारा जुलुस वा धर्ना गर्न निषेध गरिएको उल्लेख छ ।
प्रशासनले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय लिएको जनाएको छ।







