पूर्वमन्त्री र कलाकार जुवाखालबाट पक्राउ

जनता संवाददाता
२०८१ श्रावण २८ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित नौ जनालाई नेपाल प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वमन्त्री राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, टेलिशृङ्खला ‘सक्किगोनी’ का कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार तास खेलिरहेको अवस्थामा गौरीघाटस्थित एक घरबाट नौ जनालाई पक्राउ गरिएको जानकारी दिए । एक लाख ५० हजार रुपियाँ र १६ बुक ताससमेत बरामद भएको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ श्रावण २८ गते, सोमबार


Scroll to Top

Janata Media