
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पहाडी क्षेत्रको उडानलाई व्यवस्थित बनाउनका लागि विभिन्न ४ निर्णयहरु गरेको छ ।
प्राधिकरणको बैठकले ग्रामिण क्षेत्रका जनताहरुमा हवाई यातायातको पहुँच विस्तार र वृद्धि गरी विश्वसनीयता कायम गर्न तत्काल लागू गर्नेगरी निर्णय गरेको हो ।
क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले विज्ञप्ति जारी गर्दै छोटो दूरीको हवाइ यात्राका क्रममा विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको जानकारी पश्चात मात्र उडानका लागि अनुमति दिइने जानकारी दिए ।
त्यस्तै पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूूर्ण स्टोल विमानस्थलहरुको संचालन समय पुनरावलोकन गर्ने तथा को उपलब्धताबारे अध्ययन गर्ने प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति समेत गठन गरिएको जानकारी दिइएको छ ।