आइसिसी विश्वकप लिग–२ : नेपाल नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै

जनता संवाददाता
२०८२ जेष्ठ २७ गते, मंगलवार

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको चौथो खेलमा (मङ्गलबार) आज नेपालले नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

स्कटल्यन्डको डन्डीमा अहिले टस हारेको नेपालले पहिलो ब्याटिङ गर्ने निम्तो पाएको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डसले टस जितर पहिले फिल्डिङ रोजेका हुन् ।

यस सिरिजको अघिल्ला तीन खेलमा दुई जित र एक हार खेपेको नेपाल आज तेस्रो जित निकाल्दै सिरिजको अन्य गर्ने दाउमा छ । यता नेदरल्यान्ड्स नेपालसँग पहिलो खेलमा हारेको बदला लिने तयारीमा छ छ ।

नेपालले सिरिजको सुरुवाती दुई खेल लगातार जितेको थियो । पहिलो खेलमा स्कटल्यान्डमाथि एक विकेटको रामोञ्चक जित हात पारेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

यस्तै सनसनीपूर्ण तेस्रो खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो । नेपालले स्कटल्यान्डसँग सर्वाधिक तीनयि २१ रन बनाउँदै दुई विकेटको हार खेपेको हो ।

नेपालले आज यसअघि आइतबार घरेलु टोली स्टकल्यान्डसँग खेलेका तीन खेलाडी परिवर्तन गरेको छ । आसिफ शेख, गुलसन झा र सोमपाल कामीलाई आराम दिईएको छ ।

उहाँहरुको स्थानमा क्रमशस् नन्दन यादव, बसिर अहमद र अनिल शाहलाई मौका दिईएको छ । नन्दनले यस खेलबाट नेपालका लागि एकदीवसीय क्रिकेटमा डेब्यु गरेका छन् ।

यस सिरिजमा १४ खेल खेलको नेपाल १० अङ्कसहित सातौँ स्थानमा छ । यस्तै २२ खेलबाट २६ अङ्क बनाएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छ । १८ खेलबाट २२ अङ्क बनाएको स्कटल्यान्डको चौथो स्थानमा छ ।

लिग–२ मा अहिले आठ टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । यो सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको सिरिज पनि हो । यस सिरिज पछि तीन टोलीबिच टी–२० सिरिज हुने छ ।

नेदरल्यान्ड्सविरुद्ध नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), अनिल साह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, र ललित राजवंशी ।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते, मंगलवार


Scroll to Top

Janata Media