फिनल्यान्डकी प्रधानमन्त्री मरिनले दिइन् सम्बन्ध विच्छेदका लागि निवेदन

जनता संवाददाता
२०८० बैशाख २८ गते, बिहीबार

काठमाडौं । फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध विच्छेदका लागि निवेदन दिएकी छिन ।  श्रीमान् मार्कस राइकोनेनले १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मारिनले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको जनाएकी छिन । उनले सो जानकारी आफ्नो इन्स्टाग्रामबाट दिएकी हुन ।

‘हामीले सँगै सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छौं । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौँ,’ मारिनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हामी अझै पनि मिल्ने साथी हौँ, एक अर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौँ। हामी परिवारको रूपमा र एक अर्कासँग अबको समय बिताउन चाहन्छौं ।’

उनीहरूका पाँच वर्षकी छोरी छिन ।

सिएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको रूपमा गत २०१९ मा निर्वाचित भएकी थिइन । तर, यस पटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारबाट बाहिरिँदै थिइन् ।

प्रकाशित मिति : २०८० बैशाख २८ गते, बिहीबार


Scroll to Top

Janata Media