काठमाडौँ । नेपालले साफ यु–२० महिला च्याम्पियनसिपमा भुटानविरुद्ध सानदार जित निकालेको छ । बङ्गलादेशको ढाकामा जारी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले हरायो ।
शनिबार राति भएको एकपक्षीय खेलमा नेपालले पहिलो र दोस्रो हाफमा समान तीन तीन गोल गरेको थियो । नेपालका लागि स्ट्राइकर पूर्णिमा राई एक्लैले चार गोल गरे । सोनु परियारले दुई गोल थप्नुभएको थियो ।
भुटानले दोस्रो हाफको सुरुवातमा एक गोल फर्काएका थिए । भुटानका लागि केल्देन वाङ्मोले गोल गरे । चार टोली सहभागी च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आइतबार घरेलु टोली बङ्गलादेशको सामना गर्नेछ ।
नेपाल र बंङ्गलादेशको भिडन्त दुवै टोलीका लागि ‘अघोषित फाइनल’ सरह हुनेछ । यस खेल जितेमा नेपाल उपाधिको नकिज पुग्नेछ ।
बङ्गलादेशले पनि श्रीलङ्कालाई ९–१ गोलले हराउँदै सुखद सुरुवात गरेको छ । सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।







