हुम्लामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते, एकको अवस्था गम्भीर 

जनता संवाददाता
२०८२ श्रावण २ गते, शुक्रबार

हुम्ला। हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजाम बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

सिमकोट गाउँपालिका-१ को दोजामबाट सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते र १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले बताए।

डीएसपी पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

उनले भने, ‘जडीबुटी सकंलन गरी घर फर्किरहनु भएको रहेछ ।तर बीचमै दुर्घटना भएको छ। हामी उद्धार गरिरहेका छौं, ट्याक्टर खोलामा छ।’

घाइतेहरू खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ र सिमकोट गाउँपालिका वडा नम्बर ८ स्याडाका स्थानीय रहेको डिएसपी पोखरेलको भनाइ छ । घाइतेहरुको पहिचान भइसकेको छैन ।

प्रकाशित मिति : २०८२ श्रावण २ गते, शुक्रबार


Scroll to Top

Janata Media