ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

जनता संवाददाता
२०८२ श्रावण ११ गते, आईतवार

हेटौडा । मकवानपुर मनहरी गाउँपालिका-७, रमनटार स्थित पूर्व पश्चिम सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु र एक जना घाइते भएका छन् ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना. ६ ख. ३०४० नं. को ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै बा.प्र.०३–०४ प. ११६२ नं.को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा भरतपुर महानगरपालिका ११ का वर्ष ५१र५२ का मोतीबहादुर क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका क्षेत्रीलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकोमा उपचारको क्रममा दिउँसो १५ः२० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका-९, सरतपुर बस्ने वर्ष ३६र३७ की नरमाया गुरूङको दाहिने खुट्टा, हात, टाउँको र अनुहारमा चोट लागेर घाइतेभएको र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक सप्तरीका वर्ष ३५ का अशोक यादवलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८२ श्रावण ११ गते, आईतवार


Scroll to Top

Janata Media