‘द राइजिङ नेपाल’ को प्रबन्ध सम्पादकमा लम्साल नियुक्त

जनता संवाददाता
२०८२ भाद्र ५ गते, बिहीबार

काठमाडौँ । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन ‘द राइजिङ नेपाल’ को निमित्त प्रबन्ध सम्पादकमा रमेश लम्साल नियुक्त भएका छन्।

संस्थानले २०८२ भदौ ५ गते बुधबार मितिबाट लागु हुने गरी लम्साललाई उक्त पदमा नियुक्त गरेको हो ।

लम्साल सन् १९९८ मा सहायक सम्पादकका रूपमा ‘द राइजिङ नेपाल’ मा प्रवेश गरेका थिए । उनले करिब एक दशकभन्दा बढी समय व्यवसाय र अर्थतन्त्रसम्बन्धी समाचार सङ्कलन र सम्पादन गरे । त्यसका साथै दैनिकको शुक्रबार विशेषाङ्क संयोजनको जिम्मेवारी सम्हालेका छन् ।

सन् २०१९ देखि पाण्डुलिपि सम्पादन विभागको नेतृत्व गर्दै आउनुभएका लम्साल प्रमुख समाचारदाताका रूपमा कार्यरत थिए ।

खोटाङमा जन्मेका लम्सालले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते, बिहीबार


Scroll to Top

Janata Media