काठमाडौँ । आसन्न चाडपर्व र देशको विशेष परिस्थितिलाई मध्यनजर गर्दै निगमले मूल्यवृद्धिको भार आफैंले बोहोरेर पुरानै बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको हो।
आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ४६ पैसाले बढेर आएको छ।
यो निर्णयसँगै अब पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुरानै कायम रहनेछ।







