आज देशभर शोक बिदा ;शोकमा राष्ट्रिय झन्डा आधा झुकाइने

जनता संवाददाता
२०७९ माघ २ गते, सोमबार

काठमाडौँ,  । कास्कीको पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा आज (सोमबार) राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । ठुलो मानवीय क्षति बेहोर्नु परेकाले शोक मनाउन सार्वजनिक बिदा समेत दिने गृह मन्त्रालयले आइतबार नै जानकारी गराएको छ ।

विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आज शोक बिदा दिनुका साथै राष्ट्रिय झन्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७९ माघ २ गते, सोमबार


Scroll to Top

Janata Media