चंखेली गाउँपालिकामा मातृ तथा स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम सम्पन्न

जनता संवाददाता
२०७९ चैत्र २ गते, बिहीबार

दिपक बुढा, हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा मातृ तथा स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०७९ फाल्गुन ३० गते देखि सुरु भएको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो । । कार्यक्रम सञ्चालनका लागि खार्पूनाथ गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाही लगायत अन्य टिमले उक्त प्रशिक्षण कार्यक्रमलाई सहयोग गरेको थियो ।

साथै आज नै यस गाउँपालिका भित्रका चार ओटै स्वास्थ्य चौकीहरुलाई १ ल्यापटप, १ प्रिन्टर र अन्य आवश्यक उपकरणहरू पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बाट हस्तान्त्रण गरिएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते, बिहीबार


Scroll to Top

Janata Media