काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार सोमबारको प्रतिनिधिसभाको बैठकबाट उनले दास्रो पटक विश्वासको मत लिएका हुन्।
प्रधानमन्त्री दाहालले १७२ मत प्राप्त गरका छन्। उनी बहुमतले विश्वासको मत लिन सफल भए। प्रधानमन्त्रीको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो भने मत दिन्न भन्नेमा १ मत थियो। बैठकमा २६२ सांसद उपस्थित थिए।







