दोहोरो अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम भने १ अर्ब पनि नाघेन

जनता संवाददाता
२०७९ चैत्र २८ गते, मंगलवार

काठमाडौं । सताको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा कायम भएको छ ।

अघिल्लो दिन सोमबार ५.५४ अंकले बढेको बजारमा आज ३३ लाख १५ हजार ७२० कित्ता शेयरको किनबेच हुँदा ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा आज कालिञ्चोक दर्शन लिमिटेड सकारात्मक सर्किटका साथ शीर्ष स्थानमा रहेको छ । त्यस्तै सर्वाधिक घाटामा सानिमा मिडिल तमोर हाइड्रोपावर रहेको छ ।

त्यसैगरी उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २८ गते, मंगलवार


Scroll to Top

Janata Media