काठमाडौँ । जिल्ला शिक्षा कार्यालय ब्युँत्याइने भएको छ । २०७४ मा जिल्ला शिक्षा कार्यालय खारेज गरी शिक्षा विकास तथा समन्वय इकाई बनाइएको थियो । शिक्षा मन्त्रालयले संसदमा दर्ता गरेको विधेयकमा जिल्ला शिक्षा कार्यालय राख्ने प्रस्ताव गरेको छ ।
शिक्षा कार्यालयको काम र कर्तव्य
(क) विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने ।
(ख) विद्यालय नक्साङ्कनसम्बन्धी काम गर्ने ।
(ग) विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कनसम्बन्धी कार्यको सहजीकरण गर्ने ।
(घ) जिल्लाको शैक्षिक तथ्याङ्क सङ्कलन गर्ने ।
(ङ) विद्यालय शिक्षामा कार्यरत शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकाससम्बन्धी कार्य गर्ने ।
(च) सार्वजनिक विद्यालयको सम्पत्तिको अभिलेख राख्ने ।
(छ) स्थानीय तहसँग समन्वय गरी सार्वजनिक विद्यालय, शिक्षक तथा विद्यार्थीको अनुगमन तथा सुपरीवेक्षण गर्ने ।
(ज) मूल्याङ्कनबाट उत्कृष्ट देखिएका शिक्षक तथा विद्यालयलाई पुरस्कार तथा प्रोत्साहनको सिफारिस गर्ने ।
(झ) नेपाल सरकार, प्रदेश सरकार, बोर्ड र आयोगले तोकेका अन्य कार्य गर्ने ।
(ञ) शिक्षा कार्यालयमा संघीय निजामती सेवाका कर्मचारी रहनेछन् ।
(ट) उपदफा (२) बमोजिमको काम कारबाही गर्दा शिक्षा कार्यालयले प्रदेश सरकारको शिक्षा
हेर्ने मन्त्रालयसँग समन्वय गर्नु पर्नेछ ।







