पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

जनता संवाददाता
२०८१ मंसिर २ गते, आईतवार

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

ढुंगाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उहाँ २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर २ गते, आईतवार


Scroll to Top

Janata Media