गैह्रीगाउँ हत्या प्रकरण: चार जनाको हत्यापछि घटनास्थल शुनशान (तस्विरहरु)

जनता संवाददाता
२०८० भाद्र ३० गते, शनिबार

काठमाडौँ । चार जनाको हत्या भएपछि काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा स्थानीयको भीड लागेको छ। ७६ वर्षकी ज्येष्ठ नागरिकदेखि १९ वर्षे नवजवासम्मको एकै चिहान बनाइपछि स्थानीय त्रसित छन्। मारिने तीन जना एकै परिवारका हुन्। अर्का एक अर्को आफन्त हुन्।

सबैको धारिलो हतियार प्रहर गरी हत्या भएको थियो। तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार हत्या गरिएका चार जनामध्ये तीन जना एकै परिवारका छन् ।

हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी १९ वर्षका नवीन राई रहेका छन्।

उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट छ। उक्त दिव्य सःमिल दोलखा, कालिन्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण सिवाकोटीले सञ्चालन गरेका हुन्।

यो पनि पढ्नुहोस्:

काठमाडौँको गैह्रीगाउँमा ४ जनाको ‘खुकुरी’ प्रहार गरेर हत्या

गैह्रीगाउँ हत्या प्रकरण : चारै जनाको शव पहिचान, शव टिचिङ लगियो

गैह्रीगाउँ हत्या प्रकरण: शङ्कास्पद व्यक्ति ट्याक्सी चढेर आफैं पुगेका थिए प्रहरी चौकी

प्रकाशित मिति : २०८० भाद्र ३० गते, शनिबार


Scroll to Top

Janata Media