सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कचहरीले आफ्नो कार्यालय उद्घाटन गर्ने भएको छ । आज संविधान दिवसको अवसर पारेर कार्यालय उद्घाटन गर्न लागेको हो ।
“संविधान कार्यान्वयनमा कर्णाली : उपलब्धि र चुनौति” विषयक अन्तर संवाद गरेर उद्वघाटन गर्ने शाखा प्रमुख भिम बहादुर परियारले जानकारी दिए । कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रि राजकुमार शर्मा प्रमुख वक्ताको रुपमा उपस्थित हुनेछन् । त्यसैगरी विपक्षी दलका नेता यामलाल कँडेल र कांग्रेसका उपनेता हिक्मत बिष्ट उपस्थित हुनेछन् ।
कार्यक्रम दिउँसो करिब १ बजे सुरु हुने सञ्चालक काली बहादुर थापाले जानकारी दिए ।









