बाढीले बगाएर महिला बेपत्ता

जनता संवाददाता
२०८१ भाद्र १७ गते, सोमबार

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-६ जस्पलकी एक महिला बाढीले बगाएर दुई दिनदेखि बेपता भएकी छन् । वर्ष ४२ की नानीमाया तितुङ बकैया गाउँपालिका-६ कैलेनी खोला तर्ने क्रममा खोलामा आएको बाढीले बगाएर आइतबारदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

बारा जिल्ला निजगढ नगरपालिका १० लालस्थित आफ्नै पसलबाट घर फर्कँदै गर्दा कैलेनी खोला तर्ने क्रममा एक्कासि खोलामा पानीको बहाव बढ्न गई बगाउँदा बेपता भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाढीले बगाएको स्थानीयमार्फत् इलाका प्रहरी कार्यालय निजगढमा जानकारी प्राप्त भएपछि खोजतलास कार्य भइरहेको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय निजगढबाट करिब पाँच किमी उत्तरमा र बकैयास्थित प्रहरी चौकी गरगरेबाट करिब २२ किमी दक्षिणमा रहेको छ । सोमबार पनि खोलाले बगाएर बेपत्ता तितुङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते, सोमबार


Scroll to Top

Janata Media