मुसलधारे पानिको एक्कासि वहाव वढ्दा अदानचुलीमा लाखौको क्षति

जनता संवाददाता
२०८० आश्विन ४ गते, बिहीबार

हुम्ला ।  हुम्ला  जिल्लाको अदानचुली गाउँपालिकाको वडा नं ५ अवस्थित कर्गइ र पाल्सको बिचमा रहेको कालागाड भन्ने खोला बहाव बढेर कालागाड देखि साउढुङ्गा भन्ने ठाउँसम्म लाखौंको क्षति पुर्याएको छ ।

आज विहान ६ बजेदेखि लगातार पर्न लागेको मुसलधारे पानिको एक्कासि बहाव वढेर आउदा कालागाड देखि साउँढुंगा भन्ने ठाउँसम्म विचमा पर्ने खेति जग्गा , विचमा पर्ने घट्टकुला , नहर बाटो कुकुरफाल्ना  जलविद्युत आयोजनको मुहान , मुहान नजिक राखेको काम गर्ने सम्पूर्ण मेसिन , बिद्युतका महत्त्वपूर्ण सामान लगाएत एउटा त्रिपाल हालेर राखेको टेन्ट पनि बगाएको वडा नं ४ का वडाअध्यक्ष मनऋषी पाण्डेले जानकारी दिनुभयो ।

आज परेको मुसलधारे पानिले निर्माणधिन सडक पनि भत्किएका छन । अदानचुली गाउँपालिका वडा नं ४ अवस्थित लौठिदेखि रिल्म हुँदै विगोठिसम्म निर्माण सम्पन्न सडक लगभग ६० प्रतिशत भत्किएर क्षति  पुर्याएको छ  भत्किएको छ । लौठिदेखि पाल्ससम्म जाने सडक पनि भत्किएर मानिस ओहोरदोहोर गर्नसमेत पनि अप्ठ्यारो परेको जनाइएको छ ।

वडाअध्यक्ष मनऋषि पाण्डेले पानी रोकिए लगत्तै अनुगमन गरेर क्षति विवरण निकालेर सकेसम्म राहतको पहल गर्ने र सडकका लागि प्रदेशसम्म गुहार्ने बताउनुभएको छ। हालसम्म कुनै मानव क्षति नभएको पनि उहाले जनता मिडियाका संवाददातासगँ बताउनुभएको छ ।

 

प्रकाशित मिति : २०८० आश्विन ४ गते, बिहीबार


Scroll to Top

Janata Media