रुखबाट खसेर एकको मृत्यु

जनता संवाददाता
२०८१ माघ १२ गते, शनिबार

काठमाडौं । गोरखामा रुखबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमसेन थापा गाउँपालिका–४ धावास्थित बडाडाका ५५ वर्षीय पोष्टबहादुर लामिछाने भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरिक्षक धुब्र प्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार शनिबार दिउँसो झण्डै १ बजेको समयमा आफ्नो घर पछाडी रहेको चौताराको वरको रुखले घरमा छायाँ पारेको भनी वरको रुखको हाँगा काट्ने क्रममा रुखबाट खसेर घट्नस्थलमै पोष्टबहादुर लामिछानेको मृत्यु भएको हो ।

लामिछाने धाबा गोरखा सडक अन्र्तगत ढलान गरेको सडकमा रुखबाट खसेर टाउकोमा गम्भीर गहिरो घाउ र दायाँ हात समेत भाँचिएको प्रहरी निरीक्षक शर्माले बताए ।

घटना घटेको खबर प्राप्त हुनसाथ इलाक प्रहरी कार्यालय आरुघाटको प्रहरी टोली घटनस्थलमा पुगी मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लास पोस्टमार्टमका लागि आरुघाट आधारभुत अस्पताल आरुघाटमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यस्तै, घटनाको बारेमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सुचना अधिकारी प्रहरी निरीक्षक शर्माले बताए ।

प्रकाशित मिति : २०८१ माघ १२ गते, शनिबार


Scroll to Top

Janata Media