सुर्खेतमा केपी ओलीले गर्जन, २०८४ मा एकल बहुमतको सरकार बनाउँछौँ

जनता संवाददाता
२०८० आश्विन ११ गते, बिहीबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमालेलाई पहिलो पार्टी बनाएर एकल बहुमतको सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

बुधबारबाट सुर्खेतमा सुरु भएको एमाले कर्णालीको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई बलियो राष्ट्रिय श्कति बनाएर २०८४ को निर्वाचनमा सत्ता गठबन्धनलाई धोबीले लुगा धोएझैँ धोइदिने दाबी गरेका हुन् ।

‘एमाले एउटा महान अभिभारा बोकेर त्यो अभिभारा पूरा गर्ने संकल्प लिएर बाधा व्यवधानसँग लडेर समृद्ध राष्ट्र निर्माणको अभियानमा होमिएको पार्टी हो । यो अधिवेशनबाट एमाले विचारमा संगठित छ, संगठनमा एकजुट छ र राष्ट्रियताका सवालमा एकताबद्ध छ भन्ने सन्देश दिन आवश्यक छ,ु उनले भने, ुहामीले मिसन ८४ भनेका छौँ, यो भनेको साल फेरिने होइन, हामी एकताबद्ध भएर नेतृत्वमा जाने वर्ष हो ।’

वर्तमान गठबन्धन सरकारले देशको स्वाधीनतालाई लम्पसार बनाएको ओलीको आरोप छ । अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमसत्ताको रक्षा, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति नबनाएसम्म देशले निकास नपाउने दाबी गरे ।

अध्यक्ष ओलीले धार्मिक, सांस्कृतिक, सामाजिक मूल्य र मान्यताका आधारमा देशमा हिंसात्मक गतिविधि बढ्न थालेको भन्दै त्यसतर्फ समयमै सचेत हुनु सबैलाई अपिल गरे ।

प्रकाशित मिति : २०८० आश्विन ११ गते, बिहीबार


Scroll to Top

Janata Media