
पार्टीका नेता, कार्यकर्ता र आमजनताले नेता रणसिंह परियारलाई हुम्लाको प्रदेशसभा “क”बाट प्रत्यक्षतर्फको टिकट दिनुपर्ने बताएका छन् ।
काठमाडौँ । पार्टीका नेता, कार्यकर्ता र आमजनताले नेता रणसिंह परियारलाई हुम्लाको प्रदेशसभा “क”बाट प्रत्यक्षतर्फको टिकट दिनुपर्ने बताएका छन् । जनयुद्धका क्रममा वर्गीय मुक्ति प्राप्तिका लागी प्राप्त जागीर छोडेर परिवर्तनको महासंग्राममा होमिएका नेता परियारलाई टिकट नदिए अन्याय हुने ठुलो कार्यकर्ता पङ्तिको माग छ ।
हुम्लामा माओवादी आन्दोलनका भूमिगत जिउँदो शहीद मानिने परियारलाई जसरी पनि सम्बोधन गरिनु पर्ने दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज दानसिंह परियार हिक्मतले बताए । विगत २५ बर्ष देखि सक्रियता का साथ जनताका विचमा जनताका सिमा समस्याको पैरवी गर्नु र जनताको हितमा अहोरात्र तल्लिन हुनु दैनिकी बनाउदै आएका नेता हुन् त्यसैले पनि आवश्यक सम्बोधन गरिनु पर्ने उनको पनि जोडदार माग छ ।
हुम्ला र हुम्ली जनताको आवश्यकता र भरोसाका केन्द्रबिन्दु लोकप्रिय नेता भएकाले पनि टिकट पानउनु पर्ने मान्छे भएको पार्टी जिल्ला समन्वय समिति सदस्य मनिलाल ढकालले बताए । पार्टी भित्र लगानी त्याग तपस्यको निम्ती र समावेशीको दृष्टिकोणले नेता परियारलाई सम्बोधन गरीनु पर्ने उनको माग छ ।
हुम्लाको अदानचुली गाउँपालिका घर भएका परियार जनता तथा कार्यकर्तामा निकै लोकप्रिय नेतालाई नै व्यवस्था गरिएमा पाटीले ठुलो क्षति बेहोर्नु पर्ने उनको अनुमान छ । जातीय विभेदविरुद्ध सम्झौताहीन संघर्ष गर्दै आएका परियारलाई मोर्चाले पनि सिफारिस गरिसकेको छ र जसरी पनि सम्बोधन गरिनु पर्ने ईन्चार्ज परियारले बताए ।
टिकटका दाबेदार नेता परियारसँग हामीले कुरा गर्दा, उनले आफु टिकट पाउनेमा ढुक्क रहेको र आफुले दशकौँदेखि पार्टीको अग्र पङ्तिमा रहेका गरेको काम, त्याग, तपस्या र बलिदानलाई पार्टीले अन्याय नगर्नेमा विश्वस्त रहेको बताए । अहिलेसम्म आफुले टिकट पाउनेमा आम जनतादेखि जिल्ला, प्रदेश हुँदै संघसम्म सकारात्मक देखिएको छ । अरुभन्दा पनि आम जनता आफुले टिकट पाउनुपर्छ भन्ने माग गरेको र चासो राखेका देख्दा टिकट पाउनेमा ढुक्क रहेको बताउँछन् ।
नेता परियारको अध्यापन देखि महान जनयुद्धसम्मको राजनीतिक यात्रा
२०४५ सालमा कक्षा ७ मा अध्ययन गरिरहँदा नै नेकपा मालेको अनेरास्ववियु सूर्योदय मावि श्रीनगरमा सदस्य रहनुभएका परियार युवा अवस्थामा विभिन्न प्रगतिशील विचारधाराका अभियान र कार्यमा संलग्न रहँदै २०४६ सालमा अनेरास्ववियुको सूर्योदय माविको सचिव पदमा चयन समेत भए ।
२०४८ सालमा नेकपा एमालेको संगठित सदस्य र इलाका नम्बर ८ को उपसचिव पदमा क्रियाशील रहनुभएका परियारले २०५४ देखि २०५७ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठनको इलाका ८ को सचिवका रुपमा काम गरे । २०५८ सालदेखि नेकपा माओवादीको जनयुद्धलाई पूर्णरुपमा समर्थन गर्दै आउनुभएका परियार २०५८ सालदेखि गाउँ कमिटीको सदस्य तथा अखिल नेपाल शिक्षक संगठनको जिल्ला कमिटी सदस्य रहे ।
२०५८ सालदेखि दलित मुक्तिमोर्चाको एरिया सचिव र २०५८ सालदेखि जिल्ला कमिटी सदस्यको रुपमा परियारले काम गरे । २०४९ सालमा नेपाल दलित मुक्तिमोर्चा जिल्ला कमिटीको सचिवालय सदस्य २०६१ सालमा नेपाल दलित मुक्तिमोर्चाको जिल्ला अध्यक्ष र पार्टी विशेष कमिटी सदस्यको रुपमा आफूलाई जनताको सेवामा संलग्न गराए । २०६३ सालमा नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज समेत रहेर परियार दलित आन्दोलनका नेताका रुपमा समेत चिनिन्छन् ।
२०६५ सालमा नेकपा माओबादी भेरी कर्णाली राज्य समिति सदस्य, २०७० सालमा नेपाल दलित मुक्तिमोर्चा थारूवान प्रदेश संयोजक, पार्टी केन्द्रीय भेला आयोजक सदस्यको जिम्मेवारी समेत परियारले सम्हालिसकेका छन् । परियार मोर्चामा विभिन्न पदमा संलग्न रहँदै दलितका मुद्दालाई उठाउँदै २०७३ सालमा नेपाल दलित मुक्तिमोर्चाको केन्द्रीय कार्यालय सदस्य र कर्णाली प्रदेश सहसंयोजक भएका छन् ।
पार्टी एकता भएपछि २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि नेकपाको कर्णाली प्रदेश सदस्यको जिम्मेवारीमा रहि २०७८ पुसमा भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि रहनुभएका परियार २०७९ साउनमा बसेको केन्द्रीय कमिटीको बैठकबाट वैकल्पिक केन्द्रीय सदस्यका रुपमा छन् ।