कपनको आगलागीमा मृत्यु हुनेको संख्या ३ पुग्यो, आगो नियन्त्रणमा

जनता संवाददाता
२०७९ आश्विन ६ गते, बिहीबार

काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए ।

उनका अनुसार मृतकको पहिचान हुनसकेको छैन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गरिएको छ । दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०७९ आश्विन ६ गते, बिहीबार


Scroll to Top

Janata Media