माओवादी सांसद लक्षित ओलिको प्रहार स : मानसिकता नै अपराधि पृष्ठभूमि नै अपराधि

जनता संवाददाता
२०८० असार २६ गते, मंगलवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पशुपतिको जलहरी प्रकरणमा संसदमा आवाज उठाउने माओवादी सांसदलाई लक्षित गरेर तितो पोखेका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा कार्यक्रममा उनले रोष्टममा उभिएर झुट बोलेको भन्दै मानसिकता नै अपराधि भएको आरोप लगाए ।

उनले भने ‘एमालेलाई बदनाम गर्नु अलग कुरा हो तर कुनै पनि भ्रष्टचारमा एमाले फसेको छैन र फस्दैन ढुक्क भए हुन्छ । सुन हैन पित्तल चढाएर भ्रष्टचार ग(यो भन्ने । सदनमा एउटा सांसदले बोलेको कुरा हो यो । पार्लियामेन्टको रोष्टममा उभिएर यतिसम्म झुट बोल्न सरम लाग्दैन् रु लाज छैन त्यही मान्छेले १५ दिन नबित्दै नाम टाँस्नको लागि चढाको रैछ भन्न ?

टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको र आफूहरु अब मिसन २०८४ मा लागेको उनको उद्घोष छ ।

प्रकाशित मिति : २०८० असार २६ गते, मंगलवार


Scroll to Top

Janata Media