एमालेले कर्णालीका अधिकांश जिल्लाका उम्मेदवार टुंगो लगायो (सूचीसहित)

चक्र दानी
२०७९ आश्विन २१ गते, शुक्रबार

काठमाडौं । नेकपा एमालेले कर्णालीका अधिकांश जिल्लाका उम्मेदवार टुंगो लगाएको छ ।

प्रदेश इन्चार्ज यमलाल कडेल प्रदेशकै उम्मेदवार बन्दा जाजरकोटमा दश बुँदे पक्षधर निरज आचार्यले टिकट पाएका छन् । त्यस्तै प्रदेश अध्यक्ष बिनोद कुमार शाह पनि प्रदेशकै उम्मेवार बनेका छन् ।

माओवादीबाट प्रदेश सभा सदस्य पद त्यागेर एमालेमा लागेका धर्मराज रेग्मी र ठम्मर विष्टले सोही क्षेत्रमा टिकट पाएका छन् ।

यी हुन् एमाले उम्मेदवार

जाजरकोट

प्रतिनिधि सभा
निरज आचार्य

प्रदेश सभा
डम्बर वहादुर सिंह
खिमवहादुर शाही

सुर्खेत १

प्रतिनिधि सभा
धु्रब शाही

प्रदेश सभा
ठम्मर विष्ट
डण्डी प्रसाद शर्मा

सुर्खेत २

प्रतिनिधि सभा
अमृत विसी

प्रदेश सभा
यामलाल कडेल
ताराकेशर गौतम

दैलेख १

प्रतिनिधि सभा
रविन्द्रराज शर्मा

प्रदेश सभा
धर्मराज रेग्मी
प्रेमवहादुर थापा

दैलेख २

प्रतिनिधि सभा
लक्ष्मीप्रसाद पोखरेल

प्रदेश सभा
तिलक रिजाल
विनोदकुमार शाह

प्रकाशित मिति : २०७९ आश्विन २१ गते, शुक्रबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media