यि हुन् गठबन्धन हुम्लाका उम्मेद्वार

जनता संवाददाता
२०७९ आश्विन २२ गते, शनिबार

काठमाडौँ । सत्तारुढ दल गठबन्धनले हुम्लाका लागि उम्मेरदवार छनोट गरेको छ ।

आज बसेको गठबन्धन दलको बैठकले हुम्लाका लागि संघ तर्फ पूर्व कर्णाली प्रदेश सरकारका पर्यटन मन्त्री छिरिङ डम्दुल लामा (कार्चेन), प्रदेश ‘क’ का लागि नेता रणसिंह परियार र प्रदेश ‘ख’ का लागि हालका कर्णाली प्रदेश मुख्य मन्त्री जीवन बहादुर शाहीलाई छनोट गरेको हो ।

यो सँगै हुम्लामा चुनावी माहोल एकदमै बढेको छ । हुम्लामा एकिकृत समाजवादीको तर्फबाट भने कुनै पनि उम्मेद्वार परेका छैनन् । उम्मेद्वार छनोटमा असहमति रहेको हुम्लाका समाजवादीका नेताहरुले बताउने गरेका छन् ।

 

प्रकाशित मिति : २०७९ आश्विन २२ गते, शनिबार


Scroll to Top

Janata Media