काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएसँगै क्षितिज थेबे र सुमन पुरीको प्यानलले प्रतिस्पर्धा गर्ने भएको छ ।
थेबेको प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र बिनय शाहले उम्मेदवारी दिएका छन् । महासचिवमा महेश चौलागाई र उपमहासचिवमा उपेन्द्र शाहीको उम्मेदवारी दिएका छन् । खुला सचिव मदन भण्डारी, देबु बस्नेत, महिला सचिवमा निशा लिम्बु र मधेशी सचिवमा मोबिन आलमले उम्मेदवारी दिएका छन् ।
आयोग अध्यक्षहरुमा लेखा आयोगमा किसुन जैशी, निर्वाचन आयोग मदन गिरी, अनुसशान आयोगमा मोहम्मद मिजाम र युवा विज्ञ परिषदमा चीन लामा तय भएका छन् ।
उपमहासचिवमा हुम्लाका शाहीको उम्मेद्वारी
उपमहासचिवमा हुम्लाका उपेन्द्र शाहीको उम्मेद्वारी सशक्त रुपमा हेरिएको छ । हुम्ला जस्तो दुर्गम जिल्लामा जन्मिएर अमेरिका, बेलायत र चिन जस्ता विकसित देशमा अध्ययन गरेर नेपाल मै केही गर्छु र आम युवालाई विकासको मार्गमा लाग्न प्रेरित गर्छु भन्ने एक कुशल युवाको छवि बनाएका युवा नेता हुन् । उनले निवर्तमान अध्यक्ष थेबेको प्यानलबाट उपमहासचिव पदमा उम्मेद्वारी दिएका छन् ।
सुमन पुरीको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतमको उम्मेदवारी परेको छ भने महासचिवमा कुबेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मा उम्मेदवार छन् । त्यस्तै सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवरको उम्मेदवारी परेको छ भने महिला सचिवमा रेशु तामाङ र मधेशीतर्फ चितरन्जन यादवले उम्मेदवारी दिएका छन् ।
पुरीको प्यानलबाट आयोग अध्यक्षतर्फ निर्वाचन आयोगमा शिव रिमाल,लेखा आयोगमा विक्रम गुरुङ, अनुसशान आयोगमा अजयजंग शाही र युवा विज्ञ परिषदको अध्यक्षमा मोदनाथ सिलवाल सन्तोषको उम्मेदवारी परेको छ ।







