मुगुको क प्रदेशमा एकीकृत समाजवादीविरुद्ध कांग्रेसको बागी उम्मेदवारी

जनता संवाददाता
२०७९ आश्विन २४ गते, सोमबार

काठमाडौँ । कांग्रेसका निवर्तमान पार्टी उपसभापति एवम् कर्णाली प्रदेश संसदीय बोर्डका सदस्य खगेन्द्र मल्लले सत्तापक्षीय गठबन्धनका उम्मेदवारका विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । मुगुको प्रदेश क बाट उनले प्रदेशसभामा बागी उम्मेदवारी दिएका हुन् ।

नेकपा एकीकृत समाजवादीका निवर्तमान प्रतिनिधिसभा सदस्य गोपाल बम सत्ता गठबन्धनका तर्फबाट प्रदेश क मा उम्मेदवार बनेकोले त्यसप्रति असहमति जनाउँदै उम्मेदवारी दिएको मल्लले बताए ।

स्थानीय चुनावमा ७००० मत पाएको पार्टीले ३०० मत भएको पार्टीलाई सहयोग गर्न नसकिने भन्दै आफूले उम्मेदवारी दर्ता गराएको मल्लले बताए ।
आजै मुगु सदरमुकामस्थित जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका थिए ।

प्रकाशित मिति : २०७९ आश्विन २४ गते, सोमबार


Scroll to Top

Janata Media