रुकुमपूर्व–बागलुङ सीमा क्षेत्रमा ४.६ रेक्टरको भूकम्प

जनता संवाददाता
२०८२ आश्विन २ गते, बिहीबार

काठमाडौँ । रुकुम पूर्वको पातीहाल्ने भञ्ज्याङ आसपास बागलुङ–रुकुमपूर्व सीमाक्षेत्रमा सोमबार साँझ ८ बजेर २५ मिनेटमा ४.६ स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), भूगर्भ विभागका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

केन्द्रका अनुसार पछिल्लो समय मुलुकका विभिन्न भागमा साना–ठूला भूकम्पीय गतिविधि भइरहेका छन्। विज्ञहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ आश्विन २ गते, बिहीबार


Scroll to Top

Janata Media