सुन प्रतितोला ९५ हजार दुई सय रूपैयाँ, ८ सयले घट्यो

जनता संवाददाता
२०७९ आश्विन २४ गते, सोमबार

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य घटेको छ।

सोमबार सुन प्रतितोला ९५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो आइतबारको तुलनामा ८ सयले कम हो। आइतबार सुन प्रतितोला ९६ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबारको तुलनामा चाँदीको मूल्य पनि प्रतितोला २५ रूपैयाँले घटेर सोमबार एक हजार दुई सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी एक हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ८७ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७९ आश्विन २४ गते, सोमबार


Scroll to Top

Janata Media