एमाले मुठभेडको राजनीति विकास गर्न तयार भएर बसेको छ : सभापति बानियाँ

जनता संवाददाता
२०८० आश्विन २७ गते, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले प्रमुख प्रतिपक्ष नेकपा एमाले मुठभेडको राजनीति विकास गर्न तयार भएर बसेको आरोप लगाएका छन् ।

शनिबार ललितपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र खेल्ने काम भएतापनि कांग्रेसले नेतृत्व पाएको भन्दै प्रमुख प्रतिपक्ष नेकपा एमाले मुठभेदको राजनीति विकास गर्न तयार भएर बसेको आरोप लगाएका हुन् ।

उनले भने, ‘राजनीतिलाई द्वन्द्वमा मुठभेदको राजनीति विकास गर्न प्रतिपक्ष दल तयार भएको छ । राजनीतिमा कोशी प्रदेशमा नेपाली कांग्रेसभित्र खेल्ने काम भयो तर हाम्रो नेताको परिपक्वताले आज नेपाली कांग्रेसले नेतृत्व पाएको छ गठबन्धनको सहमतिमा ।’ उनले बिभिन्न शक्तिहरू कांग्रेसको एकताभङ्ग गर्ने काममा लागेको दाबी गरे ।

अहिलेको राजनीतिमा एउटा पार्टीमा टिकट नपाए अर्को पार्टीलाई सघाउन जाने प्रवृत्ति विकास भएको भन्दै नेताहरूमा धैर्यता कम हुँदै गएको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८० आश्विन २७ गते, शनिबार


Scroll to Top

Janata Media