कार्तिक ५ शनिबार, हुम्ला । मेरो गाउँ हो कर्णाली प्रदेशको उपल्लो जिल्ला हुम्लाको सदरमुकाम सिमिकोट देखि ४४ कोष टाडा रहेको अदानचुली गाउपालिका वडा नम्बर २ वा २ नम्बर वडामा मात्र पानीको समस्या नभइ अदानचुली १ को केही बस्ती,२ को पुरै र ३ नम्बरको पुरै बस्तिमा खानेपानीको हाहाकार हुन्छ यी गाउँको प्रमुख समस्या हो खानेपानी ।
स्थानिय सरकार आएको पनि पाच बर्ष अर्थात एक कार्यकाल पुरा भैसकेको । नेताहरु गाउ शहरको आमुल परिबर्तनको नारा लिएर आगामी पर्देश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मत बअटुल्न गाउँ गाउँ पुगी सके तर जनताले सोचेको जस्तो परिबर्तन भएन । मैले गाउको बारे जान्ने बुझ्ने हुनेबेला सम्म मेरो गाउमा प्राय मान्छे शिक्षित थिएनन, उही घाँस दाउरा उही कुटो कोदालो उहीँ मेलापात खेतबारि अहिले पनि चलिरहेको छ । गाउँ यस्तो बनाउछौ भनेर सत्तामा गएकाहरु पनि गाउँको त्यस्तो ठुलो योजना लिएर आएका छैन । गाउ केवल कागजमा मात्रै परिबर्तन भयो । अलि अलि पढेका युबाहरु प्राय गाउमा बस्दैनन । गाउको समस्या भनेको मेरो मात्रै होइन गाउमा बस्ने सम्पूर्ण नागरिकको हो ।
गाउँको लागि बोलिदिने कोहि छैन गाउ कसले बनाउन त्यो पनि अहिले सम्म दिर्घकालिन निर्णय भएको छैन । धेर थोरै जिम्मा पाएकाहरुले वास्ता नगरेका हुन कि सरकारको नजर पुग्न नसकेको हो र बिचार र सिद्वान्त ठुला ठुला बोकेर मात्रै गाउ परिबर्तन नहुने रहेक छ । स्थानिय सरकार आउनु भन्दा पहिले गाउँको ठुलो समस्या बिजुली बत्ति थियो । झण्डै पाछ बर्ष निर्माण कार्य सम्पन्न पस्चात छहराखेत जलविद्युत आयोजना निर्माण कहि वडाका नागरिकले बत्ती बाल्न पाए अझै केही वडामा सहायक लाइनको बिस्तार हुन सकेको छैन । झण्डै एक दसक अअगाडि गाउको एक धार भए पनि खाने पानी प्रयाप्त थियो । केही समय पछि जनस्ख्या वृद्धि भएर हो या मुहानमा पानीको स्रोत कम भएर । त्यस पछि गाउमा २०७० सालमा बृहत् खानेपानी ल्याईयो त्यो पनि गाउका लागि पाहुना जस्तै भएको छ । अघिल्लो स्थानिय सरकाले आफ्नो कार्यकाल सकिनै लाग्दा एक घर एक धाराको अबधारणा ल्यायो तेस पछि गाउमा धारा छ पानि छैन ।
पानीको अबस्था बिहान उठ्न बित्तिकै गाग्री बोकेर धारामा गाउले सङ हानथाप गरेर पिउने पानि र गाइबस्तुको लागि ल्याइन्थ्यो र काम चलाएकै थियौ । त्यो बेलाको जागर पनि खुब हो तर स्थानिय सरकार आए पछि गाउमा स्थानीयको श्रमदान र केहि अनुदानमा गाउमा बिजुली त आयो तर पिउने पानीको समस्या भने झन् खस्किदै गयो, कतै मुहानहरु सुकेर गए, कतै पानि ट्याङ्कि फुटेर गए, कतै पाइप लाइन नै पहिरोले बगायो, आउन त बर्ष बर्षमा पानीको लागि बजेट भने नआएको होइन तर त्यो बजेटले ट्याङ्कि बाहेक अरु निर्माण हुन् सकेंनन, गाउमा ट्याङ्कि नभएको हैन अझै पनि केही समय सम्म गाउमा पानि संचालन गर्न भ्याउने पानि ट्याङ्किहरु छन् । तर ट्याङ्कि भित्र पानि भने नदेखेखो बर्ष भैसकेको छ ट्याङ्किमा हाल्ने पानि आउने पाइप लाइन नै छैनन् । त्यसको लागि भने स्थानिय सरकारको नजर नपुग्नुमा एकदमै दुख लागेको छ अचेल मेरो गाउमा प्रत्यक दिन मेला लाग्छ भयङ्कर होइन पानीका धाराहरुमा बिहान ४ बजे देखि १० बजे सम्म र बेलुकी ५ बजे देखि ८ बजे सम्म खुब रमाइलो हुन्छ पानि थाप्न गाउ नै लाइनमा हुन्छ सबैले सरकारको नाम लिइ रहेको आवाज गुन्जिन्छ अझ यो दशैमा त झन् घर भन्दा रमाइलो धाराहुरु थियो हाम्रो गाउको प्रमुख समस्या नै पिउने पानि हो । धारामा पानी थाप्ने मानिसको लाईन देखिन्थ्यो । त्यसमाथी एक साताको बर्षाले पानी केहि दिन पानी ठप्प भयो त्यसपछी खानेपानीका चौकिदार गएर जेनेतेन पानी संचालित भयो ।
समस्याहरु
१. प्रसस्त पानीका मुहानहरु नजिक नहुनु
२. पुराना मुहान पाइप लाइन पानि ट्याङ्कि मर्मत तथा सम्भार नहुनु
३. आम नागरिक बासीले पाइप लाइन काट्नु
४. हरेक धारा पाइप खुल्ला छोड्नु
५. जनप्रतिनिधिको बेवास्ता हुनु
६. मजबुद नियम लागु नहुनु
७. काम गर्ने चौकिदार चलाख नहुनु
८. जनता अटेरी भएर लापरबाही गरि चौकिदारलाई समयमा सहयोग नदिनु
९.समाजिक काममा सामुहिक आवाज नउठाउनु
१०.धारमा कुल्पी जडान नहुनु
समस्या समाधान गर्ने उपायहरु
१. जनप्रतिनिधि खटेर लाग्ने
२. टाढाका मुहानहरुबाट ब्यबस्थित ढङ्गले गाउ सम्म पानि ल्याउन सरकार संग पहल गर्ने
३. पानीको लापरबाही गर्नेलाई आबश्यक जरिबाना लगाउने
४. एक घर एक धारा जडान गरि मिटर सिष्टम लागु गर्ने
५. पुराना मुहान पानि ट्याङ्कि मर्मत गरि राख्ने
६. टोल टोलको लागि छुट्टा छुट्टै मुहानबाट पानि ल्याउने
७. पानी चौकिदार चलाख राख्ने
८. एक्लै गर्न नसकिने काममा समाजलाई आबश्यक पहल गर्ने
९. युबाहरुले गाउको लागि भरपुर सहयोग गर्ने
१०. जनप्रतिनिधि ले गाउमा प्रत्यक महिना बैठक राखी प्रगति बिबरण हेर्ने