रारामा पर्यटकको घोडचढीमा बढ्दो आकर्षण

जनता संवाददाता
२०८१ कार्तिक १८ गते, आईतवार

बिनोद कुमार मल्ल, मुगु । नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। हाल रारा तालमा आउने पर्यटकहरू विशेष रूपमा घोडचढीमा आकर्षित देखिएका छन्।

यहाँको सुन्दर प्राकृतिक वातावरणसँगै घोडचढीको अनुभवले आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्न सफल भएको छ। हरेक दिन दर्जनौँ पर्यटक हरू राराको सल्लेरी, आथिल्लो मिली , तल्लोमिली , माझघट्ट, ओखरबोट लगायतका स्थानहरूमा घोडा चढी फोटो खिच्ने गरेका छन् । जसबाट घोडा व्यवसायीले मनग्य आम्दानी गर्दै आएको बताएका छन् ।

रारा ताल घुम्न आउने पर्यटकहरू ताल वरिपरि घोडामा यात्रा गर्दै प्राकृतिक सौन्दर्यको मजा लिन्छन्। स्थानीय घोडा मालिकहरूका अनुसार, घोडचढीमा पर्यटकको चापले उनीहरूको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ। यसले गर्दा स्थानीय जनताले रोजगारीको राम्रो अवसर पाएका छन् भने रारा तालमा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते, आईतवार


Scroll to Top

Janata Media