हालसम्म उच्च तहमा टिकट पाउने एक्ला दलित उम्मेदवार परियार चुनावी अभियानमा

जनता संवाददाता
२०७९ कार्तिक १२ गते, शनिबार

काठमाडौँ । २०४६ सालको परिवर्तन र २०६२/६३ को आन्दोलनपछि जति पनि निर्वाचन भएका छन् माथिल्लो पदको निर्वाचनमा ठूला पार्टीबाट टिकट पाएर उम्मेदवार बन्ने रनसिंह परियार एक्ला देखिएका छन्।

प्रदेश सभा क्षेत्र न १ बाट गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवारका रूपमा उनी निर्वाचनमा होमिएका हुन्। दलित अगुुवा मिंमसिंह नेपालीले परियार हालसम्म दलित समुदायको तर्फबाट माथिल्लो पदका लागि प्रतिनिधित्व गर्ने एक्ला उम्मेदवार रहेको बताए।

यसअघि जति निर्वाचन भए पनि अन्य जातिबाटै उम्मेदवारी रहँदै आएकोमा यस पटक माओवादी केन्द्रले प्रदेश सभा सदस्य पदका लागि क्षेत्र नं १ बाट उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ।

प्रदेश तथा प्रतिनिधि सभाका १३ जना उम्मेदवारमध्येका एक्ला उम्मेदवार परियारले आफ्नो चुनावी प्रचार अभियान सुुरु गर्नुभएको छ।

यसका लागि कार्यकर्तासँगै घरदैलो अभियानमा उनी जुटिसकेका छन्। खराब मौसमका कारण परियारले आफ्नो मनोनयन निर्वाचन कार्यालय सुर्खेतबाट वारेसमा दर्ता गराएका थिए। पछि उनी सदरमुकाम सिमकोटसमेत नआई आफ्नो निर्वाचन क्षेत्र रहेको दक्षिणी हुम्लामा आइपुुगेका हुन्।

गठबन्धन र एमाले उम्मेदवार पनि जिल्लामा आइपुुगेर प्रचार अभियानमा रहेका छन्। उनले निर्वाचनका प्रचार प्रसार कार्यक्रम सुुरु गरिसकेका छन्।

उनले प्रचार गर्न निकै कठिन भएको भन्दै सडक अवरुद्ध रहेको बेला जिल्लाबाहिर रहेका मतदाता आउन कठिन भएको र प्रचार प्रसारका लागि पनि सडक भत्किएको कारण पैदलै हिँड्नुुपर्ने बाध्यता रहेको बताए।

माथिल्लो पदका लागि दलितले यसरी पार्टीको टिकट पाउन सहज नभएको बेला यस पटक टिकट पाएका परियार आफ्नो जित नजिक रहेको बताए। उनका प्रतिस्पर्धीमा एमालेबाट एमाले केन्द्रीय सदस्य दलबहादुुर फडेरा र कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका मंगलबहादुुर शाही छन्।

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते, शनिबार


Scroll to Top

Janata Media