
हुम्लाको सर्केगाड गाउँपालिका वडा न. १ घर भएका लोकेन्द्र शाहीको हात अप्रेसन गर्नको लागि नेपालगन्जको वस्टेन हस्पिटलमा उपचारको लागि भर्न भएको र अर्थिक अबस्थाको कारणले उपचार खर्चको अभाव भएको भने सुन्न अए पछि नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समिती द्वारा २०७९/०९/०४ गतेको दिन लोकेन्द्र शाही उपचार अभियान संचालन गरि सहयोगको अपिल गरेको थियो ।
सो समाचार प्रसार तथा अपिल पछि समाजिक सदभाब देखाउदै बिगतका दिनमा पनि काठमाडौं मा हुम्लाका हरेक विद्यार्थी , युवा लगायत आम हुम्ली नागरिकलाई समस्य पर्दा विभिन्न प्रकारको सहयोग गर्दै आउनु भएका हुम्ला जिल्लाका तरुण दलका युवा नेता श्री जीत बुढा (क्षेत्री) ले रु १०,००० (दस हजार मात्र) सहयोग गरेका हुन् ।
यस सहयोग पछि नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समिति परिवारले सहयोगि दाता जित बुढा (क्षेत्री) लाई धन्यवाद दिदै अब हुम्लाका हरेक नागरिकले यस पछि आफ्नो सो इच्छा सक्दो सहयोग गर्ने सिस्टम बसाल्नु हुने छ भन्ने बिस्वस राखेका छौं भनी सम्पर्क समितिका अध्यक्ष श्री अंग बहादुर सिंह ले बताए ।