युवराज भण्डारी, मुगु । मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने भिईमा गुरा देवताको नाममा मिणी पुुजा गर्ने प्रचल रहेको छ । अन्य देवताको पुजा भन्दा मिणी पुुजा फरकै शैलीमा गर्ने गरिएको छ ।
परापुर्वकाल बाटै एक वर्षको फरकमा फागुन १० गतेका दिन मिणी पुुजा गर्ने चलन रहेको गुरा देवताका धामी परे धामीले बताए । धामीका अनुसार फागुन १० गते आईतबार र बुधबार पर्न गएमा त्यो दिन खसी नकाटीने हुदा अघिल्लो पछिल्लो दिनमा पुजा गरिन्छ । यस पाली पनि बुधबार परेकोले ९ गते मँगलबार भएको मिणी पुुजामा ३८ खसीको बली चडाईएको छ ।
धामीले भने एक बली पुरै गाउँको नाममा चडेको हो ३७ वटा गाउँ बाहिर बाट मनको ईच्छा पुरा भएको हर्षले बली दिन ल्याईएको हो । पुरै गाउँको साझेदारीमा चामल,पिठो र तेल उठाईन्छ दिनभरी पकाईन्छ त्यो दिन धामी तथा पुजारीले ब्रत लिएर साँझ चडाईएको खाना खाने र साथमा गाउँका मुखियाहरु पनि उतै खाने गर्दछन । खाना खाँदा भातमा मासुको सुप मिचेर खान पाईन्दै भातको गास अलगै सुप पिउनुु पर्छ । भने बाहिर बाट आएका भक्तजनलाई खानाको रुपमा बसेको घरमा माना दिने गरिन्छ ।
केही वर्ष अघिको पुजामा १२० खसीको बली चडाईएको समेत रेकट रहेको बताउनु भयो । तर त्योबेला कसैले सिड्डै पाउँथे भने कसैले एक चोक्टा पनि पाउदैन थे पछिल्लो समय सिस्टममा ल्याउन साविकका वडाको भाग लगाउने,बाहिरको पाउना लाई नपिट्ने,गाउँका जानमान भद्र भलात्मीको भागमा पनि पार्ने गरिएको छ । मिणी पुुजामा हुम्लाको श्रीनगर,मैला ,मदाना मुगुको जमलधारा,जडेपानी,पुरुमुरु लगायत सोरु भेग बाट र खत्याड र करान भेग तथा बाजुराका केही भक्तालुहरु पुग्ने गरेका छन ।
रातिको बलि चडाउने प्रचलनमा भने गाउँ सुनसान हुदा धामीकोे जोगीको जस्तै भगुवाको पहिरन निदारमा र पेटमा खरानी दलेर जाने,त्यहाँसँग दुईजना पछुवा खसि लीएर जान्छन् धामिले एक्लै खसीको बली चडाएर बाहिर फाल्छ पछुवा अगाडी घर फर्किदा धामी पछि फर्किन्छन । हिन्दु धर्मालम्बीले देवताको पुजा गर्दा उचित मान्ने ठान्दछन । यसैगरी गुरा देवताको लुगो गाडेको मन्दिरमा आईत बुध बाहेक हप्ताको तिन चार दिन खसिको बली चड्ने गरेको छ ।
जग्गा जमिन,घरबार विमेलका साथै विभिन्न आरोप प्रत्यारोपमा गुराको पुकार गरेर देवता लागेकाहरु प्रायजसो सुद्धो पार्न जाने गर्दछन । असन्तुष्टको पुकारले बाजे परबाजेको देवताको सजाय पछिल्लो पुस्ताले भागेर सुद्धो पार्ने चलन छ । राम नवमीमा गुराको ठुलो धाम हुने गर्दछ । नवमीमा विभिन्न ठाउँका नयाँ धामी बनाउन तथा नयाँ बनेका धामीले तिर्थको रुपमा गुराको दर्सन गरेर जाने चलन समेत रहेको छ ।







