हुम्ला क्षेत्र नं १ मा दल फडेराका अवसर र चुनौती

फडेराका लागि लागि एउटा मात्र चूनौतीका रुपमा देखिन्छ । त्यो हो, पार्टीभित्र नै अन्तरघात हुने सम्भावना !

चक्र दानी
२०७९ कार्तिक १७ गते, बिहीबार

चक्र दानी, काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिकाका निवर्तमान अध्यक्ष दल फडेरा नेकपा एमालेबाट हुम्ला क्षेत्र नं १ का लागि प्रदेश सभा तर्फका प्रत्यक्ष उम्मेद्वार हुन् । उनको प्रतिस्पर्धामा एकिकृत समाजवादीका हस्त बहादुर शाही, माओवादी केन्द्रका रनसिंह परियार र स्वतन्त्र उम्मेद्वार मंगल बहादुर शाही छन् ।

२०७४ को निर्वाचनमा हुम्लाको अदानचुली गाउँपालिको नेतृत्व सम्हालिसकेका फडेरा अहिले प्रदेश सभा सदस्यका लागि हुम्ला क्षेत्र नं १ बाट चुनावी मैदानमा छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुन : अदानचुली गाउँपालिका अध्यक्षको लागि नेकपा एमालेबाट उम्मेद्वार बनेका थिए । तर गठबन्धन तर्फबाट लडेका नेपाली कांग्रेसका मोहन विक्रम सिंहबाट फराकिलो मतान्तरले हार बेहोरे ।

देशभर वाम लोकतान्त्रिक गठबन्धन भएपनि हुम्ला क्षेत्र नं १ मा भने लागु भएको छैन । गठबन्धनमा सहभागी दल एकिकृत समाजवादीका तर्फबाट हस्त शाही र स्वतन्त्र उम्मेद्वारका रुपमा भएपनि मंगल बहादुर शाही सित नेपाली कांग्रेसको ठूलो पङ्ति उनको साथमा देखिन्छ किनकी २०७४ को निर्वाचनमा छक्क बहादुर लामासँग उनले मात्रै ४७ मतको झिनो मतान्तरले हार ब्यहोरेका थिए । यसकारण पनि हुम्ला क्षेत्र नं १ मा गठबन्धन छैन भन्दा पनि फरक पर्दैन ।

फडेराका लागि के के अवसर हुन सक्छन् ?
पहिला त पार्टीका एजेण्डाहरु जनतामाझ प्रष्ट छन् । फडेरा सानै उमेरदेखि राजनीतिका लागेका हुन् । उनी २०४४ सालदेखि विभिन्न निकायमा नेतृत्वदायी भूमिका निर्वाह गरे तर २०७४ को निर्वाचन पश्चात मात्रै कार्यकारी भूमिकामा रहन पुगे । विशेषगरी युवा र विद्यार्थीलाई आकर्षण गर्न सक्ने क्षमता भएका फडेराका समर्थनमा ठूलो सङ्ख्यामा यूवाहरुको जमात छ । भनिन्छ नि, आफ्नो पक्षमा माओल् सिर्जना गर्नु छ भने यूवाहरुलाई साथमा लिन सक्नुपर्छ । हो, त्यस्तै क्षमता भएका नेता हुन् दल फडेरा!

२०७४ को निवार्चनमा यो क्षेत्र एमालेले जितिसकेको ठाउँ भएकाले पनि यहाँ पार्टाीको बलियो जनाधार छ । अर्को कुरा यस क्षेत्रमा गठबन्धन कायम छैन । पार्टीहरु एक्लाएक्लै चुनावमा गएको स्थिति देख्न सकिन्छ । उनी आफैमा पनि राजनीतिका एक बलियो खेलाडीका रुपमा चिनिन्छन् । उनका समर्थकका अनुसार उनी बचन र कर्ममा दृढताका साथ लाग्ने नेता हुन् ।

फडेराका लागि एउटै चूनौती
उनका लागि एउटा मात्र चूनौतीका रुपमा देखिन्छ । त्यो हो, पार्टीभित्र नै अन्तरघात हुने सम्भावना ! हुम्ला क्षेत्र नं १ को भूगोल हेर्ने हो भने, यहाँ चार ओटा गाउँपालिका छन् । जसमध्ये सर्केगाड र चंखेली माथिल्लो भेगमा पर्छन् र अदानचली र ताँजाकोट तल्लो भेगमा पर्छन् । उम्मेद्वार हेर्ने हो भन्, तल्लो भेगबाट मात्रै तिन उम्मेद्वार छन् र माथिल्लो भेगबाट १ जना मात्र उम्मेद्वार छन् । तल्लो भेगभन्दा धेरै मतदाता भएको ठाउँ माथिल्लो भेग हो । माथिल्लो भेगबाट एमालेका तर्फबाट दल रावल प्रतिनिधि सभाका उम्मेद्वार हुन् । रावल र स्वतन्त्र उम्मेद्वार शाही बिच एक खालको सम्झौता हुन सक्छ । प्रतिनिधि सभामा रावललाई शाहीले सहयोग गर्ने र प्रदेश सभामा शाहीलाई रावलले सहयाग गर्ने । यदि यस्तो सहमति भयो भने, यस क्षेत्रका मतदाताले भेगिय रुपमा मतदान गर्छन् । माथिल्लो भेगमा शाहीलाई मात्र भोट जान्छ । तल्लो भेगमा तिन जना लाई बाँडिन्छ । यो भनेकै फडेराका लागि पार्टीभित्रको अन्तघातको रुपमा आउँछ ।

फडेराको संक्षिप्त राजनितिक यात्रा
२०४४ सालमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको सुर्योदय मा. वि. हुम्लाको प्रा. क. कमिटीमा क्रियाशील भई २०४९ सालमा अनेरास्ववियू जिल्ला कमिटी हुम्लाको कोषाध्यक्ष हुदै कर्णाली अञ्चल समन्वय कमिटी सदस्य भए । २०५२ सालमा सम्पन्न अनेरास्ववियूको १३ औं राष्ट्रिय सम्मेलन मार्फत केन्द्रिय कमिटी सदस्य हुदै अञ्चल इन्चार्जको मुख्य भूमिकामा रहे । २०५५ सालमा नेकपा (एमाले) कर्णाली अञ्चल सम्पर्क मञ्चको संस्थापक सचिव हुदै २०५८ सालमा अध्यक्ष समेत भए । २०५७ सालमा पिपुल्स भोलेन्टीयर्स नेपालको राष्ट्रिय कमिटीको सदस्य हुदै कर्णाली इन्चार्ज समेत भए ।

२०५८ सालमा नेकपा (एमाले) हुम्ला काठमाण्डौ सम्पर्क मञ्चको संस्थापक अध्यक्ष भएर काठमाडौँ बस्ने हुम्लाबासीलाई एकिकृत गर्ने काममा सक्रिय भए । २०६० सालदेखि नेकपा (एमाले) जिल्ला कमिटी हुम्लाको पार्टी स्कुल संगठनमा आबद्ध भई २०६१ सालमा प्रचार विभागमा पनि महत्वपूर्ण भूमिका खेले । नेकपा (एमाले) जिल्ला कमिटी हुम्लाको कार्यालय सचिव हुँदै २०६४ सालमा मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रिय सदस्य भए । २०७३ सालमा नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश इन्चार्ज भए । यसै साल २०७३ सालमा कणांली विकास आयोगको सदस्य भएर काम गरे ।

२०६५ सालमा नेकपा (एमाले) हुम्ला जिल्ला कमिटीको अध्यक्षमा निर्वाचित भए । २०६४ सालमा जिल्ला खेलकुद विकास समिति हुम्लाको अध्यक्ष भए । यसै वर्ष २०६५ सालमा नेकपा (एमाले) कर्णाली अञ्चल समन्वय कमिटी सदस्य तथा संगठन विभाग प्रमुख जस्तो भूमिकामा रहे । नेकपा (एमाले) आठौं र नवौ महाधिवेशन प्रतिनिधि समेत भए । २०७३ सालदेखि निरन्तर नेकपा र नेकपा (एमाले) कणांली प्रदेश कमिटी सदस्यमा रहि काम गरे । यस क्रममा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले० बाट हुम्लाको अदानचुली गाउँपालिका हुम्लाको अध्यक्ष निर्वाचित भए ।

स्वतन्त्र उम्मेद्वार भएकाले र सत्तारुढ गठबन्धन कायम नभएकाले पनि यस क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते, बिहीबार


Scroll to Top

Janata Media