काठमाडौँ । प्रहरीले कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष र तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शनिबार रूपन्देहीबाट उनलाई पक्राउ गरेको हो।
सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङका अनुसार रायलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको छ।
बैंकमा रकम हिनामिनाको आरोप लागेपछि राय फरार थिए। २०६० मा स्थापना भएको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय २०७६ देखि २०७९ सम्म प्रमुख कार्यकारी अधिकृत थिए।







