प्रचण्डको उद्घोष : गठबन्धनलाई जिताउनुस्, हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ

जनता संवाददाता
२०७९ कार्तिक २२ गते, मंगलवार

हुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताएका छन् ।

हुम्लामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका साझा उम्मेदवार छिरिङ डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाए । प्रदेशसभा ९२० का उम्मेदवार जीवनबहादुर शाही पनि कर्णाली प्रदेशको पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै प्रचण्डले सातै प्रदेश र सङ्घमा गठबन्धनकै सरकार बन्ने बताए ।

यस्तै, कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले हुम्लालाई उत्तर पश्चिमसम्म सडकमा जोड्ने बताए । गठबन्धन सरकारले हुम्लाको हिल्सालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उनको भनाइ छ ।

‘कर्णालीको विकास र रोजगारी सिर्जना गर्नेका लागि निर्वाचन सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुनेछ,’ खड्काले भने । कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यातायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका दशवटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको खड्काले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते, मंगलवार


Scroll to Top

Janata Media