गोठ भन्दा कम छैनन् विद्यालयहरु (भिडियोसहित)

जनता संवाददाता
२०७९ कार्तिक २५ गते, शुक्रबार

अङ्गराज परियार, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ६ मा ग्युसी ठाउँमा रहेको श्री जनजागरण प्राथमिक बिद्यालय व्यवस्थापन समिति नहुँदा विद्यार्थीहरु भुइँमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । गुणस्तरीय शिक्षाको सुविधाको त के कल्पना गर्नु, साधारण खालको परापुर्वकालको जस्तो शिक्षा समेत नपाएको देखिन्छ । विद्यालयमा पिउने पानी पनि छैन । पानी पिउनको लागि विद्यार्थीहरु गाउँको धारामा जान्छन् ।

गरिबी, अशिक्षा भौगोलिक विकटका कारणले गर्दा विद्यार्थीहरु लाई राम्रो शिक्षा भन्दा सामान्य शिक्षा हासिल गराउन सकिएको छैन । पढाई भईरहेको समयमा रिपोर्टिङको क्रममा पुग्दा विद्यार्थीहरु विद्यालयमा स्कूल पोषकमा थिएनन् । पढाई पनि त्यति राम्रोसँग भईरहेको थिएन् । यस्तो कि भएको होला भनेर, कारण खोज्दै जाँदा विद्यार्थीहरुका गुनाशाहरु थिए । विद्यालयले विद्यालय पोशाक दिदैन हाम्रो घरपरिवार बाट किन्न नसक्ने अवस्था छैन । राजनीतिक दलका नेता सोही सर्केगाड गाउँपालिकाका हुनुहुन्छ उक्त गाउँपालिका मा अत्याधिक बहुमतले विजय भयका स्थानीय तह देखी प्रदेश सभा र प्रतिनिधि सभा सम्मका राजनीतिक दलका नेता पनि यतै हुनुहुन्छ । विकासका पुर्वाधारबारे ध्यानाकर्षण नगरी कसरी सत्तामा जाने भन्ने कुराको चिन्ता मात्रै छ । अनि हाम्रो समस्या कसरी समाधान गर्छौँ भनेर आफ्ना भावना पोख्छन् ।

अझ त लाजमर्दो कुरा त यो छ की शिक्षा क्षेत्रमा उच्च शिक्षा हासिल गरेका र मन्त्रालयको मन्त्री समेत समेत भैसकेका सोही गाउँपालिकामा छन् । यही ठाउँमा विकासको लागि राजनीति गरेर जाने नेतालाई चुनौती को कुरा हो । हुन त सत्तामा कसरी जाने चुनाव कसरी जित्ने लाटा निमुखा जनतालाई झुटा आश्वासन मात्र दिन माहिर छन् । यो दशकौँदेखि चलिआएको रिति नै हो ।

विद्यालय जस्तो संवेदनशील ठाउँमा भौतिक संरचना नै पढ्ने मिल्ने वातावरण नै छैन भने शिक्षा गुणस्तरीय ल्याउँछृ भनेको कसरी पत्याउँछन् । विद्यार्थीको मन्दिर मानिने अङ्गको व्यवस्थापन नगर्दा बिद्यार्थीहरुलाइ बस्ने डेक्स बेन्च नहुँदा भईँमा बस्ने बाध्य छन् ।

यो त एउटा प्रतिनिधिका रुपमा रिर्पोटिङ गरिएको विद्यालय मात्र हो । जिल्लाको अधिकांश विद्यालयमा पुग्ने हो भने गुणस्तरीय शिक्षाको कुरा त छोडौँ । भौतिक संरचना पनि ढुक्कले पढ्न मिल्ने खालको छैन । यस विषयमा सम्बन्धित सरोकारवाल निकायहरु स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले विषय ध्यान दिन जरुरी छ ।

भिडियो हेनुहोस् :-

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते, शुक्रबार


Scroll to Top

Janata Media