कर्णवीर सार्की, बाजुरा । नेपाली काँग्रेसका महामन्त्री तथा काँग्रेसबाट काठमाडौँ क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले बद्रि पाण्डेलाई संसदमा प्रतिक्षा गरिरहेको बताएका छन् । साथै थापाले बाजुरेलिले पाण्डेलाई भोट दिन आग्रह गरेका छन् । एक भिडियो मार्फत पाण्डेलाई भोट दिन आग्रह गरेका हुन् ।
थापाले भनेका छन्, २०५० सालमा पहिलो पटक भेटेको पाण्डे निकै सरल, भुइमाँचेको रुपमा रहेको बताए । पाण्डेले नेपाल बदलिन चाहेको, नेपाल बदलिने सँगै बाजुरा अवश्य बदलिने थापाले बताए । पाण्डे निष्ठावान कार्यकर्ता मात्र नभइ असल ब्यक्ति हुन् उनी सँग दया माया करुणा रहेको बताएका छन् ।
पाण्डे १८ वर्षको उमेरमै बाल्मिकि क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का इकाई समिति सदस्य हुन् । अहिले पार्टिको सहमहान्त्रि रहेका छन् । उनि २०४८ सालमै काँग्रेसको चुनावी प्रचारमा हिँडिसकेका थिए ।