नेप्से परिसूचक २१.२६ अंकले वृद्धि

जनता संवाददाता
२०७९ कार्तिक २८ गते, सोमबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ । सोमवार नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ विन्दुमा बन्द भएको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ ।

सोमवार कारोबारमा आएको २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतवारको तुलनामा सोमवार कारोबार रकम पनि बढेको छ । सोमवारमा ७७ करोडको शेयर खरिदबिक्री भएको थियो।सोमवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २८ गते, सोमबार


Scroll to Top

Janata Media