अदानचुलीमा शनिवार पनि भूक्तानी धमाधम हुँदै, सम्पुर्ण योजनाका भूक्तानी भए

जनता संवाददाता
२०८१ असार २२ गते, शनिबार

हुम्ला । अदानचुली गाउँपालिकामा आज शनिवार पनि भूक्तानीका काम भईरहेका छन्।  हुम्लाको दक्षिणी भेगमा रहको अदानचुली गाउँपालिकामा भूक्तानीका काम धमाधम भईरहेका छन्।

लगातार वर्षा भईरहेका कारण इन्टरनेट जुनसुकै समयमा पनि अवरोध हुनसक्ने भएकाले आज शनिवार पनि भूक्तानीका काम अगाडी बढाईएको गाउँपालिकाका लेखापाल दत्तबहादुर थापाले जानकारी दिए।

आज गाउँपालिकामा भुक्तानीकै मात्रै काम नभएर अन्य सम्पूर्ण शाखाहरूले आ-आफ्ना काम गरिरहेको लेखापाल थापाले बताए।

अहिलेसम्म गाउँपालिकामा योजनाहरूको भुक्तानी अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकिय अधिकृत हंश महताराले जानकारी दिए।

‘सम्पुर्ण ७४ ओटा योजनाको ८ करोड ५९ लाख ६१ हजार रकममध्ये संघका २ ओटा, प्रदेशका १९, मुख्यमन्त्री रोजगार अन्तर्गतका ६ ओटा, प्रधानमन्त्री रोजगार अन्तर्गतका १४ ओटा, गाउँपालिका अन्तर्गतका ३३ गरी जम्मा ७४ ओटाकै सम्पुर्ण भूक्तानी भईसकेको छ। २४ गतेसम्म फ्रिज ० मा झार्ने प्रमुख प्रशासकिय अधिकृत  महताराले जनता मिडियासँग भने।’

गएको शनिवार १५ गते गाउँपालिकाले सूचना जारी गरेरै प्रशासनिक काम सुचारु गरेको थियो। उक्त दिन पनि भूक्तानीका काम पनि भएका थिए।

यसरी आर्थिक वर्षको सकिन २ दिन मात्रै बाँकी रहँदा सम्पुर्ण योजनाहरुको भूक्तानी हुनु एकदमै सुखद् पक्ष हो । गत आ.व. २०७९/०८० मा लगभग २ करोड बढी रकम फ्रिज गएको थियो ।

कार्यालयमा काम गर्दै प्रमुख प्रशासकीय अधिकृत र लेखापाल सहित अन्य कर्मचारीहरु

प्रकाशित मिति : २०८१ असार २२ गते, शनिबार


Scroll to Top

Janata Media