अडियो–भिडियो कल गर्न सकिने फिचर सार्वजनिक गर्दै एक्स

जनता संवाददाता
२०८० कार्तिक १० गते, शुक्रबार

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी एक्सले अडियो–भिडियो कलिङ सुविधासहितको फिचर सार्वजनिक गर्ने भएको छ ।

कम्पनीका मालिक एवं प्रमुख टक्नोलोजी अफिसर एलन मस्कले बुधबार एक रिपोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

एक्स ९पहिलेको ट्विटर०लाई सुपरएपका रूपमा विकास गर्ने मस्कको योजनाको अर्को एक हिस्साका रूपमा यसलाई हेरिएको छ ।

अहिले एक्सले सीमित प्रयोगकर्ताका लागि यो फिचर सार्वजनिक गरेको छ । एक्समा अडियो तथा भिडियो कल गर्न अहिले पहुँच पाएका प्रयोगकर्ताले सेटिङमा गएर प्राइभेसी एन्ड सेफ्टीबाट डाइरेक्ट म्यासेजमा क्लिक गरेपछि अडियो तथा भिडियो कल फिचर अन गर्न सकिनेछ ।

सबै प्रयोगकर्ताका लागि यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने खुलाइएको छैन । मस्कले यो फिचर अहिले प्रारम्भिक चरणमा रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते, शुक्रबार


Scroll to Top

Janata Media