
हुम्ला । हुम्लाको प्रदेश सभा क्षेत्र नं १ निर्वाचन क्षेत्रबाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रणसिंह परियार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका बैक्रल्पीक केन्द्रीय सदस्य समेत रहेका परियारले स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई १८५१ मतान्तरले हराएका हुन् ।
परियार ६ हजार ४८१ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले ४ हजार ६३० मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गरे । परियारका लागी भने प्रत्यक्ष तर्फको यो विजयी पहिलो हो । हुम्ला जिल्लाको हकमा पहिलो दलित प्रत्यक्ष तर्फका विजयी पनि हुन् ।