बाजुरा । बाजुराको एक दुर्गम् गाउँ बिछ्यामा बाढीले पसल सहितको एक घर बगाएको र एक घर भत्किएको छ । हिजो साझ ५ बजेपछि बिच्छ्या खोलामा आएको बाढिले गर्दा पसल सहितको एक घर बगेको र एक घर भत्किएको हो ।
बाजुराको हिमाली गाउँपालिका वडा नं १ मा पर्ने बिच्छ्या माविको पर्खाल, गेट र फिल्ड समेत बगाएको त्यहाँका स्थानीयले बताएका छन् । भौतिक क्षेति धेरै भएता पनि हाल सम्म बिच्छ्यामा मानविय क्षेति भएको छैन । खानेपानीको मुहान बगेको हुनाले खानेपानीको समस्या देखिएको छ ।
विस्तृत विवरण आएको छैन ।







